प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले घट्यो
annapurnapost.com · Thu Jul 30 05:19:04 GMT 2026

काठमाडौं : बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २७.७५ अंकले घटेर २६६१.१३ विन्दुमा अडिएको छ।
यो समयमा ६१ वटा स्क्रिप्सको १६ हजार ४०४ कित्ता सेयर २५ लाख ९३ हजार ३११ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १६ वटा स्टक्सको मूल्य बढ्दा ४१ वटाको घट्यो। बाँकी २ वटा स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)