बाबा रामदेवले बिमा कम्पनी चलाउने, म्याग्मा जनरल इन्स्योरेन्स खरिद गर्न नियामकको अनुमति
clickmandu.com · Thu Jul 30 05:24:35 GMT 2026

एजेन्सी । भारतीय बिमा नियामक र विकास प्राधिकरण (आईआरडीएआई) ले पतञ्जली आयुर्वेद र धर्मपाल सत्यपाल ग्रुप (डीएस ग्रुप) लाई म्याग्मा जनरल इन्स्योरेन्सको झण्डै ४५ सय करोड भारुमा खरिद गर्न स्वीकृति दिएको छ ।
मार्चमा घोषणा गरिएको यस सम्झौताका लागि यो अन्तिम प्रमुख नियामक स्वीकृति हो जसले बाबा रामदेवको पतञ्जली आयुर्वेदलाई वित्तीय सेवाको क्षेत्रमा प्रवेश गराएको छ । एलायन्जका अनुसार, आगामी दशकमा भारतीय बिमा बजार वार्षिक १०.७ प्रतिशतले बढ्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)