सुनको मूल्य बढ्यो, चाँदी घट्यो
onlinekhabar.com · Thu Jul 30 05:33:39 GMT 2026

१४ साउन, काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८३ हजार २ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ ७ हजार ३ सय रुपैयाँ घटेको छ । गत बिहीबार सुनको भाउ २ लाख ९१ हजार ३ सय रुपैयाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)