एमालेको प्रश्न : प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिने कि नलिने ?
annapurnapost.com · Thu Jul 30 05:47:17 GMT 2026

काठमाडौं : नेकपा एमालेकी सांसद पदमा अर्यालले प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाका नैतिक जिम्मेवारी लिने कि नलिने भन्दै संसदमा प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद अर्यालले विगतका काठमाडौंमा गोली चल्दा, मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले जवाफदेही बन्नु पर्ने थुनामा बस्नु पर्ने, राजीनामा दिनुपर्ने।
अहिले सुनसरीमा गोली चलेर नागरिकको ज्यान जाँदा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनु पर्छ कि पर्दैन ? थुनामा बस्नु पर्छ कि पर्दैन भन्दै प्रश्न गरेकी छन् । उनले विगतमा अरुलाई फौजदारी अभियोग लगाउनेहरु आज सुनसरीको घटनाको नैतिक जिम्मेवारी लिन तयार छन् कि छैनन् भन्दै प्रश्न गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)