अमेरिकामा ब्याजदर यथावत्
ratopati.com · Thu Jul 30 06:11:41 GMT 2026

वाशिङटन डीसी । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले आफ्नो प्रमुख ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । पछिल्लो नीतिगत बैठकमा बैंकले प्रमुख ब्याजदर ३ दशमलव ५० प्रतिशतदेखि ३ दशमलव ७५ प्रतिसतबिचको दायरा यथावत् राख्ने निर्णय गरेको हो ।
फेडका अध्यक्ष केभिन वार्शले मुद्रास्फीति नियन्त्रणमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याए पनि आगामी दिनमा ब्याजदर बढाउने वा नबढाउने विषयमा स्पष्ट संकेत दिएका छैनन् । उनको यो रवैयाका कारण वित्तीय बजारमा अन्योल उत्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)