सुनसरी घटनामा आरेन राई : सरकार बेखबर भयो भन्दैमा हामी मुर्ख हुनु हुँदैन
annapurnapost.com · Thu Jul 30 06:04:20 GMT 2026

काठमाडौं : श्रम सँस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले अरु विषयमा जिद्दी गर्नु ठिकै भए पनि राष्ट्रियताको सवालमा जिद्दी गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति सच्याउन दुई महिनादेखि माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।
उनले आज देशमा जताततै हिंसाको अवस्था रहेको भए पनि सरकार बेखबर रहेको बताएका छन् । सांसद राईले सरकार कहाँ छ भन्दै प्रश्न समेत गरेका छन् । उनले सरकार अब बाहिर निस्किनु पर्ने बताउँदै भने, ‘अब सरकार अन्धकारबाट निस्किनु पर्छ, दूरबिन लगाएर हेरेर देश ठिक छ भनेर भन्न पाइँदैन।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)