भारतमा जिम्बु थकालीको पहिलो अन्तर्राष्ट्रिय शाखा
baahrakhari.com · Thu Jul 30 06:16:10 GMT 2026

काठमाडौं । मौलिक थकाली खाना पाइने स्थानका रूपमा चर्चित र लोकप्रिय जिम्बु थकालीले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शाखा सञ्चालनमा ल्याउने भएको छ । गुरुग्रामको प्रमुख व्यावसायिक तथा मनोरञ्जन केन्द्रका रूपमा परिचित सेक्टर–६५ स्थित परिसरमा यही साउन १५ गतेदेखि रेस्टुरेन्ट सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
जिम्बु थकालीका संस्थापक विवेकमान शेरचनले भारतमा शाखा विस्तारलाई व्यवसाय विस्तारभन्दा पनि नेपाली खाना, संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने अभियानको सुरुआतका रूपमा लिएको बताए । उनले भारतीय तथा अरू मुलुकका ग्राहकलाई प्रामाणिक थकाली स्वादसँगै नेपालको संस्कृति, आतिथ्य र हिमाली जीवनशैलीको अनुभव गराउने उद्देश्य रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)