संसद्मा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
nepalviews.com · Thu Jul 30 06:33:25 GMT 2026

काठमाडौं । नेकपा (एमाले) ले देवानगञ्ज घटनाको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने भन्दै उनीहरूको राजीनामा मागेको छ । प्रतिनिधिसभामा आज एमालेले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको हो । एमालेकी सांसद पद्मा अर्यालले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाएकी छन् ।
सुनसरीमा भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् । उनले घाइते स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचार निःशुल्क र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)