राहदानी छपाइ : दाबी नयाँ प्रणालीको तर अवस्था पुरानै (तस्बिर)
ratopati.com · Thu Jul 30 07:01:41 GMT 2026

काठमाडौँ। सरकारले हालसम्मकै धेरै डाटा ट्रान्सफर गरेर नयाँ प्रणालीबाट ई-पासपोर्ट जारी गर्न सुरु गरेको र दैनिक १५ सय पासपोर्ट छापिएको दाबी गरे पनि राहदानी विभागमा भने सेवाग्राहीको सास्ती उस्तै रहेको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभागमा घण्टौँ लाइन बसेर पासपोर्ट बनाउनुपर्ने बाध्यता अझै हटेको छैन। घण्टौँसम्म कुर्नुपर्ने, पटक-पटक प्रणाली अवरुद्ध हुने, अनलाइन भुक्तानी स्वीकार नहुने, अपोइन्टमेन्ट छिट्टै बन्द भइहाल्ने तथा राहदानी वितरणमा समेत ढिलाइ हुने समस्या सेवाग्राहीहरूले भोगिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)