देश दुःखीरहेको र घाउ चहर्याइरहेका बेला नुनचुक लगाउन बन्द गरौं : इन्दिरा राना
annapurnapost.com · Thu Jul 30 07:00:25 GMT 2026

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद इन्दिरा रानामगरले देश दुःखीरहेका बेलामा, घाउ चहर्याइरहेका बेला मल्हम लगाउनुको सट्टा नुनचुक लगाउन बन्द गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद रानामगरले धार्मिक र साम्प्रदायिक घटना अहिलेदेखिको मात्र नभएको बताइन् ।
आफू सुनसरीको क्षेत्रमा ३६ वर्षदेखि काम गरिरहेको बताउँदै विपक्षी सांसदहरुलाई प्रश्न गरिन्, ‘तपाईहरुले त्यसरी गर्नु भएको छ ?’ सांसद रानाले सुनसरी घटनाका मृत्तकको परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारको जिम्मा राज्य सरकारले लिनुपर्ने समेत बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)