बालश्रम प्रयोग गर्ने बुटवलका दुई रेस्टुरेन्टलाई तिराइयो ६ लाख क्षतिपूर्ति
onlinekhabar.com · Thu Jul 30 07:06:14 GMT 2026

१४ साउन, बुटवल । रुपन्देहीको बुटवलका होटलमा काम गर्दै आएका ३ जना बाल श्रमिकको उद्धार गरिएको छ । बुटवल उप–महानगरपालिका वडा नम्बर ६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट तीन जना बाल श्रमिकको उद्धार गरिएको हो ।
श्रम तथा व्यवसायजन्य विभागका अनुसार श्रम तथा रोजगार कार्यालयको समन्वयमा साउन ७ गते गरिएको संयुक्त अनुगमनका क्रममा राजु रेस्टुरेन्ट र सुशान्त रेस्टुरेन्टमा बालश्रम प्रयोग भइरहेको भेटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)