राहदानी विभागमा सेवाग्राहीको चाप, सहज सेवा नभएको भन्दै आक्रोश (तस्बिर)
annapurnapost.com · Thu Jul 30 07:18:07 GMT 2026

काठमाडौं : राहदानी विभागमा सेवाग्राहीको सास्ती व्यहोरेका छन्। सरकारले नयाँ प्रणालीबाट ई-पासपोर्ट जारी गर्न सुरु गरेर दैनिक १५ सय पासपोर्ट छापिएको दाबी गरे पनि त्रिपुरेश्वरस्थित राहदानी विभागमा भीड अध्याधिक रहेको छ।
पासपोर्ट बनाउन सेवाग्राही ३/४ दिनदेखि विभागमा घण्टौं लाइन बसेर पनि पालो नपाएको गुनासो गरेका छन्। राहदानी वितरणमा समेत ढिलाइ भएको भन्दै उनीहरु आक्रोशित बनेका छन्। टिकट लिएका सेवाग्राहीको पासपोर्ट नबन्द रद्ध गर्नुपरेको गुनासो छ। ईपीएसका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेसँगै विभागमा राहदानी बनाउन आउने सेवाग्राहीको भिड थप बढिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)