देवानगञ्ज घटनापछि भारत–नेपाल सीमामा 'हाई अलर्ट': परिचयपत्रबिना प्रवेश निषेध
barnanmedia.com · Thu Jul 30 07:17:31 GMT 2026

सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि कोशी प्रदेशका भारतसँग सीमा जोडिएका सबै प्रमुख नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित घुसपैठ, धार्मिक संगठनको आवरणमा नेपाल प्रवेश गर्ने समूह, अवैध हातहतियार तथा लागुऔषध ओसारपसार रोक्न सुरक्षा निकायले सीमा क्षेत्रमा विशेष निगरानी बढाएको छ।
सुरक्षा निकायका अनुसार अब भारतबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रूपमा परिचयपत्र (आईडी कार्ड) देखाउनुपर्ने व्यवस्था लागू गरिएको छ। वैध परिचयपत्र भएका व्यक्तिलाई मात्रै नेपाल प्रवेश गर्न दिइने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)