साउदी अरबले गर्यो अन्तर्राष्ट्रिय सुरक्षा गठबन्धनको पहल
ratopati.com · Thu Jul 30 07:44:34 GMT 2026

रियाद । लाल सागरमा भइरहेका हुथी विद्रोहीहरूको आक्रमणबाट अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षा गर्न साउदी अरबले अन्तर्राष्ट्रिय गठबन्धन गठन गर्ने प्रयास थालेको छ । समाचार संस्था रोयटर्सले सो कुराको जानकारी दिएको हो ।
स्रोतहरूका अनुसार प्रस्तावित गठबन्धनमा कुन–कुन देश सहभागी हुने भन्ने विषय अझै टुङ्गो लागेको छैन । हाल दर्जनौँ देशसँग यसबारे छलफल भइरहेको बताइएको छ । साउदी अरबको अन्तर्राष्ट्रिय सञ्चार केन्द्रले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)