सुनसरी घटनालाई लिएर सरकारमाथि खनिए सांसद, प्रधानमन्त्री-गृहमन्त्रीको राजीनामा माग
arthasansar.com

सुनसरीको कप्तानगञ्जमा भएको झडपमा एक युवकको मृत्यु भएको घटनालाई लिएर बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सरकार र प्रधानमन्त्रीको कार्यशैलीको कडा आलोचना गर्दै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन्।
बैठकमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा ले प्रहरीको गोलीबाट युवक ओमप्रकाश मेहताको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरिन्। नागरिकको ज्यान जाँदा सरकार उदासीन बनेको र यसले राज्यप्रतिको भरोसा कमजोर बनाएको बताउँदै उनले सामाजिक एकता कायम गर्न अपिल गरिन्। त्यसैगरी, नेकपा (एमाले) की संसदीय दलकी उपनेता पद्मा अर्याल ले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाइन् । दङ्गा दमनबाट होइन संवादबाट समाधान हुनुपर्ने बताउँदै उनले विगतमा राजीनामा माग्नेहरू नै अहिले सत्तामा बसेर मौन बसेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागिन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)