सीजेपी प्रवक्तालाई ज्यान मार्ने धम्की
onlinekhabar.com · Thu Jul 30 07:43:24 GMT 2026

कक्रोच जनता पार्टी (सीजेपी) की प्रवक्ता रत्ना सिंहले आफूलाई लगातार धम्की आइरहेको दाबी गरेकी छिन्। उनले आफ्नो इनबक्समा गालीले भरिएका सन्देशहरू आइरहेको बताएकी छिन्।
रत्ना सिंहले आफ्नो एक्स ह्यान्डलमा लेखिकी छिन्, ‘मेरो डीएम ज्यान मार्ने धम्की, गालीले भरिएका सन्देश र घृणास्पद ट्वीट तथा कमेन्टको बाढीले भरिएको छ। तर अब यी कुनै पनि कुराले मलाई असर गर्दैन। हामीले गरेको कामभन्दा कुनै पनि आलोचना वा निर्णय ठूलो हुन सक्दैन। कुनै पनि समझदार व्यक्तिले आफूले सुन्न नचाहेका कुरा अरूलाई भन्दैन।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)