भारतको जितमा बाधक बने दिनुषा, दोस्रो टेस्ट बराबरीमा सकियो
nepalsamaya.com · Thu Aug 27 13:25:37 GMT 2026
काठमाडौं। श्रीलंकाविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट बराबरीमा सकिएपछि भारतले दुई खेलको टेस्ट सिरिज १-० ले जितेको छ। कोलम्बोस्थित सिंहली स्पोर्ट्स क्लबमा भएको खेलको अन्तिम दिन श्रीलंकाले दोस्रो इनिङ्समा ४२९ रनमा ९ विकेट गुमाएर खेल समाप्त गरेपछि भारत जितबाट वञ्चित भएको हो।
भारतले पहिलो इनिङ्समा ९ विकेट गुमाएर ५०३ रन बनाउँदै इनिङ्स समाप्तिको घोषणा गरेको थियो। श्रीलंका पहिलो इनिङ्समा २९० रनमै समेटिएपछि भारतले २१३ रनको अग्रता लिएको थियो र श्रीलंकालाई पुनः ब्याटिङमा बोलाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)