सुनसरी घटनापछि मधेशमा बढ्यो तनाव, सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यू
kalakarmi.com · Thu Jul 30 08:06:51 GMT 2026

जनकपुरधाम- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको प्रभाव मधेशका अन्य जिल्लासम्म फैलिन थालेपछि सिरहाको गोलबजार क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाले सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यू आदेश लागू गरिएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशअनुसार बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्म गोलबजार नगरपालिकाको तोकिएको क्षेत्रमा कुनै पनि प्रकारको आवतजावत, सभा, प्रदर्शन तथा जमघट गर्न रोक लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)