यो सरकार पुराना भन्दा पनि पछि परिरहेकोमा चिन्ता छ : प्रचण्ड
annapurnapost.com · Thu Jul 30 07:56:57 GMT 2026

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले पनि नेपालको राजनीति सहज नभइसकेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको दुई तिहाइ हाराहारीको सरकार बने पनि नेपालको राजनीति सहज रुपमा अगाडि नबढीरहेको बताए ।
उनले देशमा नयाँ र पुरानाको कुरा उठे पनि नयाँ पार्टी नेतृत्वको सरकारबाट जनताले अपेक्षा गरे अनुसार काम नभएको बताएका छन् । उनले यो सरकारप्रति जनताको आशा अपेक्षा धेरै भए पनि सरकारका क्रियाकलाप त्यस अनुसारको नभएको बताए । उनले सरकारका कामबाट एकपछि अर्को नकारात्मक उदाहरण बन्दै गएको समेत टिप्पणी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)