एमाले सांसदले मागिन् प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
barnanmedia.com · Thu Jul 30 07:52:57 GMT 2026

काठमाडौं । नेकपा (एमाले)की सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेकी छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले सुनसरीको कप्तानगञ्ज घटनामा गोली चलेको विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेकी हुन् ।
“सुनसरी घटनाको दोषी यो सरकारको प्रधानमन्त्री र गृहमन्त्री हुने कि नहुने ? यो घटनाको जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीको तत्काल राजीनामा माग गर्दछु,” उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)