मलेसियाको समुद्री क्षेत्रमा प्रतिबन्धित इरानी तेलको ओसारपसार, गन्तव्य चीन भएको विज्ञको ठहर
ratopati.com · Thu Jul 30 08:25:03 GMT 2026

क्वालालम्पुर । गत शनिबार इरानी तेल ट्याङ्कर ‘ह्युमानिटी’ मलाक्का र सिंगापुरबीचको जलडमरू हुँदै मलेसियाको तटतर्फ अघि बढ्यो । त्यसपछि उक्त जहाज अचानक उत्तरपूर्वतर्फ मोडियो र आफ्नो स्वचालित पहिचान प्रणाली (एआईएस) बन्द गर्यो ।
स्याटेलाइट ट्र्याकिङ तथ्याङ्कअनुसार ३३० मिटर लामो कच्चा तेल बोकेको उक्त ट्याङ्कर मलेसियाको इस्टर्न आउटर पोर्ट लिमिट्स (ईओपीएल) क्षेत्रमा पुगेको थियो । दक्षिण चीन सागरमा रहेको यो करिब १,२०० वर्ग किलोमिटर क्षेत्र मलेसियाको तटबाट लगभग ७० किलोमिटर टाढा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)