प्रतिनिधिसभा–शून्य समयः जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण
barnanmedia.com · Thu Jul 30 08:17:34 GMT 2026

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिनुहुने सांसदहरुले सुनसरी घटनालाई सहज रुपमा समाधान गरी समाजमा सद्भाव कायम राख्नका लागि सम्बद्ध सबैले आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
उहाँहरुले सामाजिक सद्भाव र शान्ति–सुव्यवस्था कायम गर्नका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै त्यसमा राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको साथ सहयोग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । यसैगरी, उहाँहरूले मुलुकभर वर्षासहित आएको बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकको व्यवस्थापनसहित क्षतिपूर्तिको प्रबन्ध गर्न, किसानलाई समयमै रासायनिक मल र बीउबिजनको व्यवस्था गर्न, बाँदर व्यवस्थापन गर्न र देशभर अवरुद्ध सडक यथासक्य छिटो खोली यातायात सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)