चीनमा नेपालले जित्यो १२ स्वर्णसहित ३४ पदक, घिसिङ र श्रेष्ठ उत्कृष्ट
annapurnapost.com · Thu Jul 30 08:31:06 GMT 2026
सान्या(चीन): चीनको सान्या सहरमा आयोजना भएको हाइनान बिच तेक्वान्दो ओपन च्याम्पियनसिपमा नेपालले १२ स्वर्णसहित कुल ३४ पदक जित्न सफल भएको छ। सान्या तेक्वान्दो एसोसिएसनद्वारा आयोजित प्रतियोगितामा नेपाली खेलाडीहरूले ग्यारोगी, पुम्से, फिस्ट ब्रेकिङ र जम्प रोप विधामा कुल ३४ पदक हात पारेका हुन्।
जुलाई २७ देखि २९ सम्म आयोजना भएको प्रतियोगितामा नेपालले १२ स्वर्ण, ८ रजत र १४ कास्य पदक जितेको छ। प्रतियोगितामा नेपालका अनुप शाक्य र हृदयानी बस्नेतले दोहोरो स्वर्ण हात पारेका छन्। अनुपले ग्यारोगी ३२ केजी र १० देखि १२ वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जितेका हुन्। उनले जम्प रोपमा समेत कास्य पदक प्राप्त गरेका छन्। यसैगरी हृदयानीले ग्यारोगी ३४ केजी र जम्प रोपमा स्वर्णका साथै १२ देखि १४ वर्षको पुम्सेमा रजत पदक हात पारिन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)