सुनसरी घटनाले निम्त्याएको अवस्थाको संकेत
ajakoartha.com · Thu Jul 30 08:31:00 GMT 2026

काठमाडौं -
सुनसरीको देवानगञ्जमा भएको घटनाले नेपाली समाजको ऐतिहासिक परम्परा र संस्कारलाई चुनौतिपूर्ण बनाइदिएको छ । एकतामा अनेकता र अनेकतामा एकता नै नेपाली समाजको विशेषता हो । आज हाम्रो समाजको मूल्य मान्यतामाथि गम्भीर प्रकारका आक्रमणहरु भैरहेका छन् । त्यस्तै घटनामध्ये एक हो सुनसरी घटना । अझ ठूलो रहष्य त यस घटनापछि सरकारका प्रधानमन्त्रीले देखाएको व्यवहारमा लुकेको छ । राष्ट्रलाई संकट पर्दा प्रधानमन्त्रीले राष्ट्रिय एकताको पहल गर्नुपर्दैन ? भदौ २४ मा देश जल्दा रमिते बनेको सेनाको सक्रियता पनि गजबको देखियो । यद्यपी शान्ति कायम गर्न गरिएका जुनसुकै प्रयास पनि सही नै छन् । सरकारले बुझ्नपर्दछ, समस्याको समाधान राजनीतिक रुपमा नै खोज्नुपर्दछ । जंगी समाधानले दीर्घ शान्ति स्थापना हुन सक्तैन । रास्व्पा सभापनि रबी लामिछानेले यसै समस्याको केन्द्रमा रहेर सर्बदलीय बैठकको आयोजना गरे । उनी धन्यवादको पात्र छन् । यो बैठकको आयोजना प्रधानमन्त्रीले नै गर्नुपर्ने हो । तर उनी आफै आफ्नो सभापनिले बोलाएको बैठकमा आएनन् । मानौं यहाँ आउँदा उनको उचाइ घट्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)