लुम्बिनीमा सरकार गठनको रस्साकस्सी- गुण्डुमा लीला र चेतनारायणसँग एमाले शीर्ष नेताको छलफल
nepalpress.com · Thu Jul 30 08:41:22 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीको टुंगो लगाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा निर्णायक छलफल सुरु भएको छ । वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्वमुख्यमन्त्री लीला गिरीलाई सँगै राखेर अध्यक्ष ओलीले छलफल थालेका हुन् ।
बैठकमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र नेता प्रदीप ज्ञवाली समेत सहभागी छन् । अध्यक्ष ओलीले गिरीलाई मंगलबार र आचार्यलाई बुधबार काठमाडौं बोलाएर छलफलमा सहभागी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)