ईपीएस भाषा परीक्षाको आवेदन दिने म्याद थपियो, म्याद सकिएकै राहदानी भए पनि हुने
shilapatra.com · Thu Jul 30 08:37:00 GMT 2026

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सञ्चालन हुने भाषा परीक्षाका लागि आवेदन दिने म्याद थपिएको छ । बिहीबार सूचना जारी गर्दै वैदेशिक रोजगार विभागले ३ दिन म्याद थप गरी २० साउनसम्म आवेदन दिन सक्ने जनाएको छ ।
यसअघि आवेदन दिने अवधि २ अगस्ट अर्थात् १७ साउनसम्म मात्रै रहेको थियो । भाषा परीक्षाको आवेदन खुलेपछि राहदानी बनाउने र नवीकरण गर्नेहरूको चाप बढेपछि राहदानी कै कारण योग्य र इच्छुक नागरिक दरखास्त दिनबाट वञ्चित नहुन भन्दै आवेदन दिने म्याद थप गरिएको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)