गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण
khabarhub.com · Sun Aug 30 14:40:53 GMT 2026

गोरखा – गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई हस्तान्तरण गरिएको छ । त्रिशूली नदीको गोरखातर्फको किनारमा विभिन्न समयमा फेला परेका शव पहिचान भएपछि आफन्तले बुझेर लगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सन्दकपुर गाउँपालिका(३ तुलुबुङ्गा इलामका ३८ वर्षीय दीपक भनिने दिवानन्द सुवेदी, पालुङ्टार नगरपालिका-६ गोरखाका ५५ वर्षीय यमबहादुर थापा र तानसेन नगरपालिका-१० पाल्पाका ३४ वर्षीय दीपेन्द्र विष्टको शव पहिचानपछि आफन्तलाई बुझाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)