राष्ट्रिय सुरक्षा परिषदले के गर्यो निर्णय ?
annapurnapost.com · Thu Jul 30 08:58:05 GMT 2026

काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद्ले सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई कायम गर्न प्रभावकारी रुपमा कार्यसम्पादन गर्ने / गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको सुरक्षा परिषद्को ४३ औं बैठकले सुनसरीमा भएको घटनाको समीक्षा गर्दै आगामी दिनमा यस्ता घटना घट्न नदिनका लागि सबै सुरक्षा निकाय तथा प्रदेश सरकार, स्थानीय तह र अन्य सरोकारवाला निकायहरूको समन्वयमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई कायम गर्दै प्रभावकारी रुपमा कार्यसम्पादन गर्ने / गराउने निर्णय भएको परिषद्का सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)