सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
baahrakhari.com · Thu Jul 30 09:01:13 GMT 2026

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना कायम गर्न प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने/गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको सुरक्षा परिषद्को ४३औँ बैठकले सुनसरीमा भएको घटनाको समीक्षा गरेको छ । आगामी दिनमा यस्ता घटना घट्न नदिनका लागि सबै सुरक्षा निकाय तथा प्रदेश सरकार, स्थानीय तह र अन्य सरोकारवाला निकायहरूको समन्वयमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई कायम गर्दै प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने/गराउने निर्णय भएको परिषद्का सदस्यसचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)