नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
kendrabindu.com · Thu Jul 30 09:07:42 GMT 2026

नेपालगञ्ज । नेपालगञ्ज आसपासका क्षेत्रका बिरामीका लागि चाहिने आवश्यक मात्रमा रगतको अभाव देखिएको छ ।
त्यस क्षेत्रमा दैनिक ७० देखि १०० पिन्ट रगतको माग भए पनि ६० देखि ७० पिन्ट मात्र वितरण भइरहेको लुम्बिनी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जबाहेक कोहलपुर र खजुरा क्षेत्रमा सञ्चालित ४२ वटा अस्पतालमा चिकित्सकको सिफारिसमा बिरामीलाई सुरक्षित रगत उपलब्ध गराइँदै आएको छ । हाल नेपालगञ्जमा ३१, कोहलपुरमा नौ र खजुरामा दुई अस्पताल छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)