ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड
ajakoartha.com · Thu Jul 30 09:04:00 GMT 2026

काठमाडौं- ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ। यूआरएस, युकेएएस र आईएएफ मान्यता प्राप्त विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणीकरण निकाय हो। यो प्रमाणपत्रले कम्पनीको सम्पूर्ण वेलनेस र ब्युटी सेवाहरूमा गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम) लाई मान्यता दिएको छ।
यस प्रमाणीकरणको दायरामा थेराप्युटिक मसाज, सबै प्रकारका ब्युटी थेरापी, स्टिम, सौना तथा ज्याकुजी सुविधा, जिम, स्विमिङ पूल र टेनिस सुविधाहरू पर्दछन् जसले ट्रन्क्यूलिटी स्पाको सञ्चालन, सरसफाइ मापदण्ड र ग्राहक सेवा प्रणालीले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर पूरा गरेको पुष्टि गर्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)