लाइसेन्सको नयाँ प्रणालीमा सुरुवाती समस्या, मेडिकल परीक्षणका लागि डाक्टर भेट्नै मुस्किल
techpana.com · Thu Jul 30 08:59:31 GMT 2026

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएसँगै यसको प्रयोग सुरु भएको दाबी गरेको छ । विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाले बिहीबारदेखि देशभर नयाँ प्रणाली कार्यान्वयनमा आएको जानकारी दिए ।
निर्देशक खतिवडाका अनुसार क्रमिक रूपमा यो नयाँ प्रणाली देशभरका यातायात कार्यालयले प्रयोगमा ल्याइरहेका छन् । यद्यपि, कार्यान्वयनको प्रारम्भिक चरणमा सेवाग्राहीले अनलाइन सूचीमा रहेका चिकित्सकसँग सम्पर्क हुन नसकेको र प्राविधिक अस्पष्टता झेल्नुपरेको गुनासो गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)