गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
nagariknews.nagariknetwork.com · Thu Jul 30 08:57:33 GMT 2026

गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गरिँदै आएको छ। धाममा हेटौँडाको राप्ती नदी तरेसँगै बजारको मुख्य प्रवेशद्वारमा अवस्थित छ। हेटौँडा उपमहानगरपालिका १० मा यो धाम पर्छ। परिसरभित्र हनुमान, शनि, शिव पञ्चायन १०८ शिवलिङ्ग, सरस्वती, नाग मन्दिरलगायत विभिन्न धार्मिक सम्पदा रहेका छन्।
वि सं २०४४ मा धाम र २०५६ मा संस्कृत वेद विद्यालय स्थापना भएसँग यो क्षेत्र धार्मिक पर्यटकका लागि आर्कषक केन्द्र बन्दै गएको धाम क्षेत्र विकास समितिका अध्यक्ष उत्तमशर्मा ढकालले बताए। यस क्षेत्रको समग्र विकासलाई लक्षित गरी पटकपटक महायज्ञ सम्पन्न भएका छन्। महायज्ञमा सङ्कलन भएका दान रकमबाट एक धर्मशाला र ढिकुरी पाटी निर्माण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)