सेयर बजारमा १६ अंक गिरावट, कारोबार रकम पनि घट्यो
ratopati.com · Thu Jul 30 09:29:36 GMT 2026

काठमाडौँ । साताको कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। आज नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा रोकिएको छ। योसँग यो साताको पछिल्लो चारवटै दिन बजार घटेको छ ।
बजार घटे पनि कारोबार रकम भने सन्तोषजनक देखिएको छ। दिनभर भएका ४४ हजार ६ सय ५१ कारोबारबाट ३३७ वटा कम्पनीका ७५ लाख ४८ हजार कित्ता सेयर खरिद बिक्री भएका छन्। जसबाट कुल ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)