धार्मिक सद्भाव भत्किन दिनु हुँदैन, संयम भएर समस्या हल गरौं: कांग्रेस नेता आनन्द बिष्ट
nepalsamaya.com · Thu Jul 30 09:49:17 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य आनन्द बिष्टले केही दिनयता सुनसरीलगायत मधेश प्रदेशमा घटेका घटनाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै सदियौंदेखि कायम रहेको हिन्दू-मुस्लिम धार्मिक सद्भाव र दाजुभाइको सम्बन्ध कुनै पनि हालतमा भत्किन नहुनेमा जोड दिएका छन्।
एक अपिल जारी गर्दै उनले हामी सबै यही माटोमा जन्मिएका, एउटै देशको हावामा स्वास फेरिरहेका र सुख-दुःखमा सँगै उभिँदै आएका दाजुभाइ भएकाले कसैको उक्साहट, अफवाह वा घृणाले एकतालाई कमजोर बनाउन दिन नहुने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)