कर्फ्युका बीच सिरहाको गोलबजारमा झडप, लहानमा अश्रुग्यास प्रहार
annapurnapost.com · Thu Jul 30 09:41:42 GMT 2026

सिरहा : जिल्ला प्रशासन कार्यालय सिरहाले कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार दिउँसो २ बजेदेखि अर्को आदेश नहुन्जेलसम्का लागि कर्फ्यु आदेश जारी गरिएको हो।
प्रशासनले पूर्व-पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार न.पा. वडा नं.-३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार न.पा. को चोहर्वा चौक, उत्तरतर्फको गोलबजार वडा नं.-६ को सैनिक चौक चोकदेखि दक्षिणतर्फ, गोलबजार वडा नं.-४ को रा. प्र. रा. प्र. बहुमुखि क्याम्पस वरिपरिको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)