दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना
barnanmedia.com · Thu Jul 30 09:51:46 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार सेवामा अभूतपूर्व सुधारको वर्ष बनाउने सरकारको लक्ष्य रहेको रहेको बताउनुभएको छ । उहाँले सरकारको लक्ष प्राप्तिका लागि टेलिफोन तथा इन्टरनेट सेवाको पहुँच विस्तार एवम् गुणस्तर सुधारमा उल्लेखनीय परिवर्तन देखिने गरी काम गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री तिमिल्सिनाले दूर दराजसम्म फोरजी सेवाको विस्तार, फाइभजी सेवाको सुरुआत, सेवाको गुणस्तर सुधार तथा नागरिकलाई प्रभावकारी सेवा प्रवाहलाई मन्त्रालयले चालु आर्थिक वर्षको प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)