५ लाख घुस प्रकरण : शुद्धोधनका उपाध्यक्ष चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ratopati.com · Thu Jul 30 09:59:10 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकामा जागिर लगाइदिने बहानामा ५ लाख रुपैयाँ घुस लिएको पाइएको जिकिरसहित आयोगले चौधरी र सोही कार्यमा संलग्न तत्कालीन एमआईएस अपरेटर सुरेश कहारविरुद्ध विशेष अदालत, काठमाडौँमा बिहीबार आरोपपत्र दायर गरेको हो।
आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतको 'न्यायिक असमानता विरुद्ध उपाध्यक्ष कार्यक्रम' सञ्चालनका लागि निकालिएको पेस्की रकम घुसका रूपमा प्रयोग भएको पाइएको अख्तियारको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)