नेपाली मिल्नु आजको आवश्यकता : पूर्वराजा ज्ञानेन्द्र शाह
ratopati.com · Thu Jul 30 10:22:00 GMT 2026

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका विभिन्न भागमा देखिएको सामाजिक र धार्मिक सद्भाव बिथोलिने प्रयासप्रति चिन्ता व्यक्त गर्दै नेपालीहरूबीचको एकता र मेलमिलाप नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन् ।
सुनसरी जिल्लाका केही गाउँबस्तीमा हालै उत्पन्न आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्रका अन्य भू-भागमा समेत फैलिएर जनजीवन अशान्त बनेको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उनले बिहीबार जारी गरेको 'सद्भाव सन्देश' उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)