गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर युवकको मृत्यु
rajdhanidaily.com · Thu Jul 30 10:29:37 GMT 2026

काठमाडौं । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा गोली लागेर गोलबजार–३ का गणेश यादवको मृत्यु भएको हो ।
गोलबजार–३ का वडाध्यक्ष धनप्रसाद लामाले यादवको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार घटनामा अर्का एक जना घाइते भएका छन् । घाइतेको गोलबजारस्थित स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)