सिरहाको गोलबजारमा झडप हुँदा एक जनाको मृत्यु
ratopati.com · Thu Jul 30 10:32:32 GMT 2026

काठमाडौँ । सिरहाको लहानमा दुई पक्षबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ । दुई समूहको बिचमा झडप हुँदा करिब २० वर्षीय गणेश यादवको मृत्यु भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।
बिहीबार मध्याह्न गोलबजारमा भएको झडपमा परेर एक जना घाइते भएका छन् । स्थिति अशान्त बनेसँगै गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)