क्रिकेटबाट सन्न्यास लिने रहाणेको घोषणा
baahrakhari.com · Thu Jul 30 10:35:22 GMT 2026
काठमाडौं । भारतका पूर्वकप्तान अजिंक्या रहाणेले सबै प्रकारको क्रिकेटबाट सन्न्यास लिएका छन् । अनुभवी ब्याटर रहाणेले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो करियरलाई विश्राम दिने निर्णय लिएको बताएका हुन् ।
रहाणेले ८५ टेस्ट, ९० एकदिवसीय र २० ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेले । सन् २०१३ मा अस्ट्रेलियाविरुद्धको खेलमार्फत टेस्ट क्रिकेटमा डेब्यु गरेका उनले २०२३ मा वेस्ट इन्डिजविरुद्ध अन्तिम टेस्ट खेल खलेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)