प्रदेश सरकार ‘इकाई’ जस्ता भए: सिटौला
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रदेश सरकारहरू वास्तविक ‘सरकार’जस्तो नभई सामान्य ‘इकाई’जस्तो मात्रै भएको बताएका छन्। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले संविधानले परिकल्पना गरेको संघीय पद्धतिको मूल मर्म अझै कार्यान्वयन हुन नसकेको बताएका हुन्।
प्रदेशहरूले विकास निर्माण र बजेट निर्माणका काम गरिरहे पनि संघीयताको मुख्य उद्देश्यअनुसार तिनलाई अधिकारसम्पन्न सरकारका रूपमा सञ्चालन गर्न नसकिएको उनको भनाइ थियो। संविधानले संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँड गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनमा समस्या देखिएको सिटौलाले औंल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)