जनकपुरमा अश्रुग्याँस प्रहार, दुई जना प्रदर्शनकारी घाइते
ratopati.com · Thu Jul 30 11:00:39 GMT 2026

काठमाडौँ । जनकपुरमा दुई पक्षको बिचमा झडप हुन खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । जनकपुर उपमहानगरपालिका–८ स्थित पगलाबाबा धर्मशाला नजिक भेला भएका करिब ५ सय जना प्रदर्शनकारीलाई हटाउन प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।
धर्मशालामा करिब ४१ सेल अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एक जना अधिकृतले रातोपाटीलाई बताए । जनकपुरमा २ जना आन्दोलनकारी घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)