पाकिस्तानमा राखेको ५ अर्ब डलर निक्षेप तीन वर्षलाई साउदीले गर्यो नवीकरण
ratopati.com · Thu Jul 30 10:59:05 GMT 2026

कराँची । साउदी अरबले पाकिस्तानको केन्द्रीय बैंकमा राखेको ५ अर्ब अमेरिकी डलरको निक्षेप थप तीन वर्षका लागि नवीकरण गरेको छ ।
पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरङ्गजेब र पाकिस्तानी केन्द्रीय बैंक ‘स्टेट बैंक अफ पाकिस्तान’ (एसबीपी) का गभर्नर जमिल अहमदले बुधबार यो खबर पुष्टि गरेका हुन् । जमिल अहमदका अनुसार यो निर्णयले चालु आर्थिक वर्ष २०२६–२७ मा पाकिस्तानमाथि रहेको विदेशी ऋण भुक्तानीको दबाब कम गर्न सहयोग पुग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)