अजिंक्य रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास
kendrabindu.com · Thu Jul 30 11:01:49 GMT 2026
काठमाडाैं । भारतीय क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान अजिंक्य रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै टोली, प्रशिक्षक, सहकर्मी खेलाडी तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्।
रहाणेले भारतका लागि ८५ टेस्ट, ९० एकदिवसीय र २० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। टेस्ट क्रिकेटमा उनले ५,०७७ रन बनाएका छन्, जसमा १२ शतक समावेश छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)