सुनसरी घटनाप्रति पूर्वराजा ज्ञानेन्द्र दुःखी, संयमता र सद्भाव कायम राख्न अपिल
aarthiknews.com

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीमा भएको जातीय तनाव तथा त्यसबाट उत्पन्न हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम, सहिष्णुता र आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन्।
निर्मल निवासस्थित संवाद सचिवालयमार्फत साउन १४ गते जारी गरिएको ‘सद्भाव सन्देश’मा पूर्वराजा शाहले सुनसरीमा भएको आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको तथा त्यसको प्रभाव कोशी प्रदेश र तराईका विभिन्न क्षेत्रमा फैलिएकोप्रति चिन्ता व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)