संघीय संसद्मा ४३ देशका लागि संसदीय मैत्री समूह गठन
kendrabindu.com · Mon Jun 29 01:33:43 GMT 2026

काठमाडौं । संघीय संसद्मा संसदीय मैत्री समूह गठन भएका छन् । सभामुख डीपी अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँगको छलफलपछि विभिन्न देशका लागि संसदीय मैत्री समूह गठन गरेका हुन् । संसदीय मैत्री समूहमा प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट सांसदहरूलाई संयोजक र सदस्य तोकिएको छ ।
सभामुखको सचिवालयले दिएको जानकारी अनुसार ४३ देशका लागि संसदीय मैत्री समूह गठन गरिएका हुन् । संसदीय मैत्री समूहका संयोजक पनि तोकिएका छन् । नेपाल-भारत संसदीय मैत्री समूहका लागि रास्वपाका सांसद तथा नवनिर्वाचित महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा मैत्री समूह गठन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)