अध्यक्षमाथि भ्रष्टाचार मुद्दा र उपाध्यक्ष पदमुक्त : कसरी भइरहेछ पाल्हीनन्दन गाउँपालिकाको काम ?
ratopati.com · Thu Jul 30 11:29:29 GMT 2026

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि गाउँपालिका नेतृत्वविहीन बनेको छ । दुवै पद खाली हुँदा दैनिक प्रशासनिक काम सञ्चालन भइरहे पनि नीतिगत निर्णय तथा महत्त्वपूर्ण काम प्रभावित भएका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द केसीले अध्यक्ष र उपाध्यक्षविहीन अवस्थामा दैनिक प्रशासनिक काम भइरहेको भए पनि नीतिगत निर्णय गर्न समस्या भएको रातोपाटीलाई बताए । उनले स्थानीय सरकार सञ्चालन ऐनअनुसार कार्यपालिका बैठकबाट कार्यवाहक अध्यक्ष तोकेर गाउँपालिकाको कामलाई अघि बढाउने तयारी गरिएको जानकारी दिए । त्यसका लागि भोलि (शुक्रबार) कार्यपालिका बैठक बोलाइएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)