जोर्डनस्थित अमेरिकी हवाई अड्डामा तीन एफ–३५ लडाकु विमान नष्ट : इरान
ratopati.com · Thu Jul 30 11:29:16 GMT 2026

तेहरान । जोर्डनको अल–अजराक हवाई अड्डामा गरिएको क्षेप्यास्त्र आक्रमणमा अमेरिकाका तीन वटा एफ–३५ लडाकु विमान पूर्ण रूपमा नष्ट भएको इरानले जनाएको छ । सो अड्डामा ती लडाकु विमान नष्ट गरिएको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले जानकारी दिएको हो ।
सरकारी समाचार संस्था फार्सका अनुसार आईआरजीसीले जारी गरेको विज्ञप्तिमा अमेरिकाले इरानको केश टापुमा गरेको आक्रमणमा एक दम्पती र उनीहरूको एक सन्तानको मृत्यु भएपछि त्यसको प्रतिशोध स्वरूप अल–अजराक हवाई अड्डाको र्याम्प र मर्मत सम्भार केन्द्रमा धेरै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)